back

चुक्ता पुँजी बढाएको स्वावलम्बन लघुवित्तको नाफामा गिरावट

काठमाडौं । स्वावलम्बन लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा गिरावट आएको छ । कम्पनीको आज सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत वर्षको समिक्षा अवधिको तुलनामा यो वर्षको सोही अवधिमा खुद नाफामा ५२.७९५ ले गिरावट आएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १४ करोड २९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको समिक्षा अवधिमा यस्तो आर्जन ३० करोड २७ लाख ७२ हजार रुपैयाँ गरेको थियो ।

कम्पनीको सञ्चालन नाफामा पनि गिरावट आएको छ । गत वर्ष ४८ करोड ५ लाख ३३ हजार रुपैयाँ संचालन नाफा कमाएको यस संस्थाले यो वर्षको समिक्षा अवधिमा १ करोड ७४ लाख ४६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । यता, खराब कर्जा पनि १३.६८ प्रतिशतले बढेर १५.३८ प्रसिशत पुगेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीले चुक्ता पुँजी १५ करोडले बढाएको हो । गत आर्थिक वर्षको समिक्षा अवधि र चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात गत पुसको मसान्तमा ७९ करोड २३ लाख ९९ हजार चुक्ता पुजि रहेको यस कम्पनीले तेस्रो त्रैमासमा ९४ करोड ३० लाख पुर्याएको हो । संस्थाको हालको प्रतिसशेयर आम्दानी पनि ३० रुपैयाँ ७४ पैसाले घटेर २० रुपैयाँ २१ पैसामा सीमित भएको छ । प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ १३ पैसा छ ।


समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौं : ऊर्जा मन्त्री खड्का

वि.सं.२०८२ वैशाख ११ बिहीवार १४:२८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय...

बिहीबार सुनचाँदीको भाउ बढ्यो

बिहीबार सुनचाँदीको भाउ बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार ११:०७

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५६

काठमाडौं । आज (बिहीबार) देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम...

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५३

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा...

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...