थप ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त
वि.सं.२०७८ वैशाख २३ बिहीवार
२३ वैशाख, काठमाडौं–पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । यसरी नै यो दिन दुई हजार ७सय सात जना संक्रमणमुक्त भएका छन् । भने, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय : ११:५२ बजे