back

अब ‘मनसुन’ सक्रिय भयो आउँदैन मेलम्चीको पानी,सुरुङ बन्द गरिने, यस्तो छ तयारी

काठमाडौं । ‘मनसुन’ सक्रिय भएपछि अब मेलम्ची खानेपानी आयोजनाबाट पानी ल्याउन रोकिने भएको छ । गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।

अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिने भएको हो । मेलम्ची खानेपानी विकास समितिका एक अधिकारीका अनुसार लगातार वर्षात हुन थाल्नासाथ सुरुङको ढोका बन्द गरिने छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन ।

‘मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं आउँदैन,’ स्रोतले भन्यो,’मेलम्चीको माथिल्लो तटीय क्षेत्रमा रहेको जोखिमका कारण वर्षायाममा सुरुङ बन्द गर्नैपर्छ ।’

१ असार २०७८मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बालुवा थिग्र्याउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासु पौडेल नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको बताएका छन्। उनका अनुसार सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको उनले स्वीकारेका छन् । उनले जसरी भएपनि सुरुङलाई सुरक्षित राखिने बताए । ‘सुरुङमार्गमा बाढीले असर पर्न दिदैँनौ,’ उनले भने,’के-के गर्नुपर्छ, त्यो अवश्यनै गर्छौं ।’

बढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् तर मेलम्चीमा बाढी आउन सुरु गरेपछि सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किनुपर्नेछ ।

‘बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिन्छ,’ ती प्राविधिकले भने,’वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिन्छ ।’

आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षत्रे र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।

१ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्र्यान हटाउने काम गरेको थियो ।

nactional life
Corporatebazar 11 Anniversary

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

सुरु भयो सरकारी कर्मचारीलाई १५ दिनमा तलब दिन 

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:५९

काठमाडौं । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु...

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:०५

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको...

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’:स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४७

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट अस्थायी रूपमा स्थानान्तरण गरिएका सुकुम्बासी...