यस कारण लगाईयो इन्स्पेक्टरको बिदाईमा १०१ किलोको माला
वि.सं.२०७९ वैशाख ४ आइतवार
काठमाडौं । पर्साको वीरगञ्जका स्थानीयले प्रहरी इन्स्पेक्टरलाई १ सय १ किलोको माला लगाएर आज बिदाई गरेका छन् ।
वडा प्रहरी कार्यालय विर्तामा इन्चार्जको रुपमा १९ महिना काम गरेका इन्स्पेक्टर राजेशराज पुरीलाई स्थानीयले आज आइतबार बिदाई गरेका हुन् ।
२०७८ चैत २४ मा प्रहरी प्रधान कार्यालयले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।
वीरगञ्जस्थित वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत रहँदा पुरीले २० जनाभन्दा बढी युवतीहरुलाई भारतबाट उद्धार गरेर नेपाल ल्याउन मुख्य भूमिका खेलेका थिए ।
भारतीय प्रहरीसँगको समन्वयमा उनले २ जना बालकलाई पटनाबाट उद्धार गरेका थिए ।
२०७४ मा इन्स्पेक्टर पुरी भारतको हैदाराबादस्थित सरदार बल्लभभाई पटेल नेशनल पुलिस एकेडेमीमा आयोजित १० महिना लामो आईपीएस तालिममा उत्कृष्ट भएका थिए । सो तालिमको दिक्षान्त समारोहमा उनले ‘स्वर्ड अफ अनर’ पाएका थिए ।
प्रकाशित समय : २२:३३ बजे