back

भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन, तीनको मृत्यु

भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।

केबलकारमा अड्किएकाहरूको मंगलबार बिहानसम्म उद्धार हुन नसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्।

जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ।

अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्। खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २-२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।

सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ।

केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ।

भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।

त्रिकुट रोपवे झारखण्डको लोकप्रिय पर्यटकीय गन्तव्य हो। आइतबार रामनवमीका अवसरमा त्यहाँ पर्यटकको घुइँचो लागेको थियो। प्राविधिक कारणले दुर्घटना भएको बताइएको छ।


प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग इजरायलका राजदूत ए बासको शिष्टाचार भेट

वि.सं.२०८१ माघ ४ शुक्रवार १६:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

मुन्दुम पदमार्गले प्रचुर संभावना बोकेको छ : मन्त्री पाण्डे

वि.सं.२०८१ माघ २ बुधवार १२:३२

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम...

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

ओखलढुङ्गा पत्रकार समाजले पायो वैधानिकता, धमलाको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन

वि.सं.२०८१ माघ २ बुधवार ०८:५३

काठमाडौँ । ओखलढुङ्गा पत्रकार समाज विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय...

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

अबदेखि लाइसेन्सको आवेदन इडिएल प्रणालीबाट दिन सकिने

वि.सं.२०८१ पुस २५ बिहीवार १५:४४

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन इडिएल...

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

हुण्डाईले लञ्च गर्यो ३ वटा नयाँ कार, कति पर्छ मूल्य ?

वि.सं.२०८१ पुस २५ बिहीवार १३:२६

काठमाडौं । हुण्डाई मोटर इन्डिया लिमिटेडले भारतीय बजारमा आफ्ना लोकप्रिय...