back

युक्रेन युद्धः सयौँको आश्रयस्थल बनेको नाटकघरमा बम हमलापछिको दृश्य कस्तो थियो, एक भुक्तभोगीको विवरण

 

काठमाडौं ।  जब बन्दरगाह सहर मारिऊपोल रुसी बमबारीका कारण भग्नावशेषमा परिणत हुँदै थियो सहरका धेरै महिला र बालबालिका सहित सयौँ मानिसहरू तटीय बस्ती नजिकैको सोभियतकालिन नाटकघरमा लुक्न गएका थिए।

गत बुधवार त्यही नाटकघरमा बम प्रहार भएको केही सेकेन्डमै भवन दुई चिरा हुँदै भग्नावशेषमा रूपान्तरित भयो।

घटनामा मारिनेहरूको विवरण अझै सार्वजनिक भइसकेको छैन। तर बीबीसीले उक्त घटनामा बाँच्न सफल केही व्यक्तिहरूसँग कुरा गरेको छ। उनीहरूले बम खसालिए लगत्तैको अवस्थाबारे बताएका छन्।

रुसी विमानहरूले हरेक बिहान सहरको आकाशमा फन्को मारिरहेका थिए।

नाटकघर नजिकैको अपार्टमेन्टको नवौँ तल्लामा बस्ने गरेकी २७ वर्षीया शिक्षिका मारिया रोडिओनोभा १० दिनदेखि दुई वटा कुकुरसँगै नाटकघरमा बस्न थालेकी थिइन्।

उनीहरू भवनको पछाडितर्फको मञ्च अगाडीको कक्षमा बस्दै आएका थिए।

बम प्रहार भएको बिहान उनले नजिकैको भान्साबाट आफ्ना कुकुरहरूलाई खुवाउन माछाको फालिएका टुक्राटाक्री ल्याएकी थिइन्। तर उनलाई कुकुरहरूले पानी नपिएको याद आयो। उनले आफ्नो सुटकेसमा कुकुरहरूलाई बाँधेर मुख्य द्वार अगाडि पानीका लागि अरू मानिसहरूसँगै लाममा बसिन्।

त्यति बेलै नाटकघरमा बम खस्यो।

भू उपग्रह तस्बिर

भयानक ठूलो आवाज आयो। सिसाहरू फुटेको सुनियो। एकजना मानिसले उनलाई पछाडिबाट पर्खालतर्फ धकेलेर आफ्नो ज्यानले छेकेर सुरक्षा दिए। विस्फोटको आवाज यति ठूलो थियो कि उनको एउटा कान असह्य दुख्यो। उनले कानको जाली नै फुट्यो भन्ठानेकी थिइन् तर मानिसहरू चिच्याइरहेको सुनेपछि उनलाई त्यस्तो केही भएको रहेनछ भन्ने थाहा भयो।

जताततै मानिसहरू चिच्याइरहेका थिए। विस्फोटको धक्काले एक जना मानिस धकेलिएर झ्यालमा ठोक्किए अनि भुईँमा लडे। उनको अनुहार सिसैसिसाले छोपियो। टाउकोमा चोट लागेकी एक महिलाले ती व्यक्तिलाई सहयोग गर्न खोजिन्।

युक्रेनको रेडक्रसमा स्वयंसेवकको काम गरिरहेकी मारियालाई केही होस आएजस्तो भयो। उनले चिच्याउँदै ती महिलालाई रोकिन भनिन्।

सँगै पाँच वर्षको बच्चा चिच्याइरहेका थिए।

“मैले पख्नुस् उहाँलाई नछुनु। म प्राथमिक उपचारको सामग्री ल्याएर दुवै जनालाई सहयोग गर्छु भनेँ,” उनी सम्झिन्छिन्।

तर उनको उपचार सामग्री नाटकघरभित्र थियो। भवनको उक्त भाग ढलिसकेको थियो।

“त्यहाँ भग्नावशेषमात्र थियो। भित्र छिर्ने अवस्थै थिएन। दुई घण्टासम्म मैले केही पनि गर्न सकिनँ यताउता मात्रै गरिरहेँ। म विचलित भएको थिएँ,” उनले भनिन्।

नाटकघरमा बसिरहेका आफ्ना साथीहरूलाई भेट्न २७ वर्षका ताला चाबी बनाउने काम गर्ने भ्लादिस्लाभ पनि बिहान मात्रै त्यहाँ पुगेका थिए। विस्फोट हुँदा उनी प्रवेशद्वार अगाडि थिए। उनी अरू मानिसहरूसँगै भूमिगत तल्लातर्फ दौडिए। जब १० मिनेटपछि बाहिर आए भवनमा आगो लागिरहेको थियो र बाहिर अस्तव्यस्त थियो।

“त्यहाँको दृश्य डरलाग्दो थियो। मैले रक्ताम्मे भएका धेरै मानिसहरू देखेँ। कतिको चोट यत्तिकै थियो एक जना आमा भग्नावशेषमा आफ्नो बच्चा खोजी रहेकी थिइन्। पाँच वर्षको बच्चा चिच्याउँदै ‘म मर्न चाहन्नँ’ भनिरहेका थिए। त्यो हृदयविदारक थियो,” उनले भने।

भू उपग्रह तस्बिर

 विज्ञहरूको एउटा समूहसँगको सहयोगमा गरेको विश्लेषणले एउटै बमका कारण उक्त नाटकघरमा त्यति धेरै क्षति पुगेको जस्तो देखिएको छ।

“विमानबाट प्रहार गरिएको र लेजरबाट निर्देशित क्षेप्यास्त्रले भवनको मध्यभागमा प्रहार गरेको देखिएको छ। उक्त क्षेप्यास्त्र केएबी५००१ वा उस्तै प्रकृतिको हुनुपर्छ,” विश्लेषकहरूको समूहले भनेको छ।

बम तत्कालै विस्फोट भएका कारण भूमिगत तलासम्म क्षति नगरेको उनीहरूको विश्लेषण गरेको थियो।

आक्रमणको सटिकताका कारण नाटकघरलाई छानेरै लक्षित गरिएको उनीहरूले ठहर गरेका छन्।

अमेरिकी कम्पनी म्याक्सरले प्रकाशित गरेको भू उपग्रह तस्बिरमा नाटकघरको अघिल्तिर रुसी भाषामा कुनै पनि बमवाहक विमानले देख्ने गरी “बालबालिका” लेखिएको देखिन्छ।

रुसले उक्त नाटकघरमा बम प्रहार गरेको आरोप अस्वीकार गर्दै आएको छ। युक्रेनको धेरै क्षेत्रमा नागरिक आवास क्षेत्र सहित अनगिन्ती गैरसैनिक संरचनामा रुसले आक्रमण गरेको तथ्याङ्क भए पनि उसले कुनै पनि गैरसैनिक क्षेत्रमा आक्रमण नगरेको दाबी गर्दै आएको छ।

मारिऊपोलका खोज पत्रकार आन्द्रे मारुसोफ आक्रमणको दुई दिन अघि उक्त नाटकघर पुगेका थिए।

“सबैलाई त्यो ठाउँ महिला र बालबालिकाको केन्द्र थियो भन्ने थाहा थियो। त्यहाँ सर्वसाधारणहरू मात्रै थिए,” ट्रान्सपरेन्सी इन्टरन्यासनल युक्रेनका पूर्व अध्यक्ष समेत रहेका मारुसोफले भने।

बम खसालिएको दिन बिहान ६ बजे उनी घरको छानोमा गएर सहर नियालेका थिए। आकाशमा विमानहरूको आवाज थियो। उनले नाटकघर भएको क्षेत्र र एजोभ सागरको तटीय क्षेत्रमा बिहानैबाट रुसी विमानहरूले बमबारी जारी राखेको बताए।

“मैले त्यो सहरको केन्द्र भाग आगो र विस्फोटले ढाकिएको देखेँ” उनी भन्छन्।

आक्रमण अघि नाटकघर
आक्रमण नगर्न चेतावनी स्वरुप नाटकघरको अघि र पछि रुसी भाषामा बालबालिका लेखिएको थियो

मारियालाई पनि बिहान सैन्य विमानहरूले उक्त नाटकघर वरपर फन्को मारेर अलि परतिरका क्षेत्रमा बम खसालेको याद छ। तर त्यो क्षेत्रमा सैन्य विमानहरूको आवाज सुनिइरहनु कुनै नौलो थिएन। उनलाई त्यसको बानी परिसकेको थियो।

उक्त आक्रमणबारे धेरै कुराहरू अझै स्पष्ट छैनन्। उक्त नाटकघरमा १,००० सम्म मानिसहरू आश्रय लिइरहेका ठानिएको छ। त्यसमध्ये केही उक्त भवनको भूमिगत तल्ला वा बङ्करमा बसिरहेको त्यहीँ बसिरहेका अन्य केही र सहरका अधिकारीहरूले बताएका छन्।

मारियाले मानिसहरू जमिनमाथिका तल्लाहरूमा पनि भिडभाड सहित बसिरहेको देखेको बताएकी छिन्।  कुरा गरेका मानिसहरूबाट के स्पष्ट हुन्छ भने मानिसहरूले उक्त भवनमाको कोरिडोरमा डुल्ने र आवतजावत गर्ने गरेका थिए।

आक्रमणपछि उक्त सहरका मेयरले १३० जनाको उद्धार गरिएको जानकारी दिएका थिए। थप जानकारीहरूमा अझै मानिसहरू बाँचेको हुनसक्ने विवरण आएका थिए। सहरको अवस्था यति निराशाजनक छ त्यहाँ कति मानिस थिए र कति बाँचे भन्ने स्पष्ट जानकारी कहिल्यै नआउन पनि सक्छ।

मारिया १० दिनसम्म बसेको कक्षमा उनीसँगै ३० जना मानिसहरू बस्ने गरेको उनले बताइन्। बम प्रहार हुँदा ठूलो भाग्यले उनी बाहिर भएका कारण बाँचे पनि उनको कोठामा बस्ने सबैजना मारिएको हुनसक्ने उनी बताउँछिन्।

बम प्रहारपछि उनले कोठामै छोडेका कुकुरहरू भेटिएनन्। “मेरो लागि मेरा कुकुरहरू सबैभन्दा प्रिय थिए,” उनले भनिन्।

भ्लादिस्लाभले धेरै मानिसहरू भवनबाट बाहिर निस्कँदै गरेको आफूले देखेको बताए। मारियाले पनि यस्तो देखेकी थिइन्।

मानिसहरू सहरबाट भागिरहेका थिए।

नाटकघर

केही मानिसहरू आफ्ना झोला सहित थिए। कसैलाई पनि के गर्ने भन्ने थाहा थिएन र उक्त क्षेत्रमा अझै बमबारी भइरहेको थियो।

उनी पनि नाटकघर बाहिर उभिएर एकछिन क्षति नियालिन्। उनलाई अर्को आश्रय स्थलको विकल्प थिएन। केही घण्टापछि उनी पनि त्यो ठाउँ छोडेर हिँडिन्।

उनले सहरबाट बाहिरिँदै गरेका हरेक कार रोक्न खोजिरहेकी थिइन्।

“मानिसहरू आत्तिएका थिए। कसैले पनि मलाई उनीहरूको कारमा लगेनन्,” उनले भनिन्। त्यसपछि उनी समुद्रको तटमा हिँड्न थालिन्।

“मलाई जसरी पनि सहरबाट बाहिर निस्कनु थियो,” उनले भनिन्। हिँड्दै उनी पिस्चान्का गाउँ पुगिन्।

“त्यहाँ मैले एकजना महिला भेटेँ। उनले मलाई ठिक छ भनेर सोधेपछि म भक्कानिएँ” मारियाले सुनाइन्।

उनलाई चिया र खानेकुरा दिइयो। उनले त्यो रात त्यही घरमा बिताइन्। अर्को दिन बिहानै उठेर उनी हिँड्दै मेलेइन पुगिन्। तर कर्फ्युका कारण त्यसअघि जान सकिनन्। अर्को दिन हिँडेर उनी याल्टा र त्यसको अर्को दिन बर्दियान्स्क पुगिन्। “म जति बेलै हिँडिरहेँ” उनले सुनाइन्।

भिडिओ  – बीबीसी‘बाबा, मलाई आमा किनिदिनूस्’: युद्धको मारमा युक्रेनी बालबालिका

युक्रेनमा रुसी आक्रमणको सबैभन्दा ठूलो त्रासदी मारिऊपोलले देखेको छ। आक्रमणकारी सेनाले यो सहर घेरा हालेर करिब एक महिनादेखि निरन्तर जमिन, समुद्र र आकाशबाट आक्रमण गरिरहेका छन्।

यहाँ अझै ३,००,००० मानिसहरू थुनिएका छन्। विद्युत्, ग्यास र स्वच्छ पानीको अभावमा यहाँका मानिसहरू मध्ययुगीन समय जसरी बाँचिरहेका छन्।

मारिया नाटकघरमा बस्न जाने निर्णय गर्दा उनीसँगै बसिरहेकी उनकी हजुरआमा सँगै जान मानिनन्।

“यो मेरो घर हो म यहीँ मर्न चाहन्छु,” उनको भनाईबारे मारिया सुनाउँछिन्।

मारिया आफ्नी हजुरआमा जीवितै रहे-नरहेकोबारे खबर पर्खिरहेकी छिन्। बीबीसी

 


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि...

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

वि.सं.२०८१ साउन ३ बिहीवार ११:५२

काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले...

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता

वि.सं.२०८१ साउन २ बुधवार ११:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत...

सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

सुरु भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरु

वि.सं.२०८१ साउन २ बुधवार १०:४३

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वि.सं.२०८१ साउन १ मंगलवार १२:३८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...