back

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले भोलि (बैशाख २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५ र ६ तथा बाह्रबिसे नगरपालिका ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

उक्त आईपीओ जेठ ४ गते र ढिलोमा जेठ २० गते हुनेछ । शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।


माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

माइक्रोसफ्ट र एप्पललाई पछि पार्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

वि.सं.२०८१ असार ६ बिहीवार ०९:०३

काठमाडौं । अमेरिकाको सेमीकन्डक्टर चिप निर्माता कम्पनी एनभिडिया विश्वको सबैभन्दा...

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

भोलिदेखि मेलम्ची खानेपानी बन्द हुने, सतहमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

वि.सं.२०८१ असार ६ बिहीवार ०८:५५

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

सर्वसाधारणमा आईपीओ जारी गर्दै आदर मल्टी इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

सर्वसाधारणमा आईपीओ जारी गर्दै आदर मल्टी इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ असार ६ बिहीवार ०८:०५

काठमाडौं । आदर मल्टी ईन्भेष्टमेण्ट कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ)...

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

सात इन्टरनेट सेवा प्रदायकको लाइसेन्स रद्द

वि.सं.२०८१ असार २ आइतवार १०:२७

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकको...

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४७

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ)...

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४५

काठमाडौं । नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी...