back

यहाँ स्रोतसाधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री

निजी क्षेत्रले उठायो एमसीसी र ब्याजदरका कुरा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्रीशर्माले सार्वजनिक नीजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसमा सरकारले सघाउने जिकिर गरे ।

आर्थिक पत्रकार सम्मान केशव गौतलाई तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचनगर्दै मन्त्रीशर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनःलयमा फर्काउन तथा विकास निर्माण तथाआर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताए । मुलुकको अर्थतन्त्र मजबुद बनाउनै लागिपनि सरकारले निजी क्षेत्रको साथचाहेको मन्त्रीशर्माले बताए ।

“मुलुकको अर्थतन्त्रको पुनरुत्थान तथा विकासका लागि सार्वजनिक निजी क्षेत्रको साझेदारी तथानिजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको छ ।यसको वातावरण बन्नेमा म विश्वस्त छु,” अर्थमन्त्रीशर्माले भने, “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियतदिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सधै तयार छ । सहुलियत कहाँ कहाँदिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भिरता पूर्वक लिएको छु ।”

सोअवसरमा मन्त्रीशर्माले मुलुको अर्थतन्त्रको आकार निकै सानो भएकाले सबै क्षेत्रलाई एकैपटक उठाउन नसकिने र त्यो सम्भव पनिनभएकाले क्रमशःविकास गर्दै जानुपर्ने बताए ।
“हाम्रो पुँजीनिकै सानो आकारको छ । यसले सामाजिकआर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासकालागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ,” शर्माले थपे, “यसकालागिसरकारी–निजी साझेदारीको अहमभूमिका रहन्छ ।”

विकासकालागि साधन स्रोतको कुनै कमी नभएको मन्त्री तर व्यवस्थापकीय कलाको मात्र कमी भएको शर्माले बताए ।

हामीलाई छिटो प्रगति गर्नुछ,विकास पथमा अघि बढ्नुछ, यसकालागि साधन स्रोतको कमी नरहेको चर्चा गर्दै उनले भने, “तर पनिहामीचुकिरहेका छौं । किनकी हामीसँग व्यवस्थापकीयकलाको अभाव छ । यो समस्याचिर्न सक्यौं र सरकारी निजी साझेदारीलाई अझमजबुदबनाउन सक्यौं भने विकास सम्भवछ, समृद्धि सम्भव छ ।”

मन्त्रीशर्माले विकास निर्माणमा निजी क्षेत्रलाई पनि सहभागि गराउने उद्देश्यले सरकारले तयारी गरिरहेको बताए ।

कार्यक्रममानेपाल राष्ट्र बैंककागर्भनर महाप्रसाद अधिकारीले मौद्रिकनीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलतदिशातर्फ जानबाट बचेको जिकिर गरे ।
“सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेरवित्तीय संस्थाहरु बचाएका छौं । मुलुकको वित्तीय सहीदिशामा रहन मद्दत पुगेको छ,”अधिकारीले भने, “यसले केही सीमित समूहलाई नकारात्मकप्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्छ ।”

गर्भनर अधिकारीले आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी अपरिहार्य रहेको बताए । “स्पष्ट पोलिसी, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासकालागि महत्वपूर्ण छ,” अधिकारीले भने, “सरकारले निजी क्षेत्रलाई नीतिगत व्यवस्थामा वा अन्य उपायले व्यावसायीक सहजीकरण गरिदिनुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ ।”

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागप्रमुखप्रा. डा.शिवराज अधिकारीले सरकार र निजी क्षेत्र एकअर्काका लागि परिपुरक भएको बताए । “सरकारले निजीक्षेत्रलाई सहजीकरण गरिदिनुपर्छ र निजी क्षेत्रले सहयोगी तथा साझेदारीको रुपमा सरकारलाई सहयोग गर्नुपर्छ,” अधिकारीले भने, “सरकार र निजी क्षेत्रबीचको असमझदारीको खाडल पुर्न सकियो भने विकास सम्भव छ, आर्थिक पुनरुत्थान सम्भव छ ।”

निजीक्षेत्रले उठायो ब्याजदर र एमसीसीको कुरा, कसले के भने ?

राजेन्द्र मल्ल
अध्यक्ष, नेपाल चेम्बर अफकमर्स
कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्यापारेको छ । यसकालागि नेपाल राष्ट्र बैंकले मौद्रिकनीतिमार्फत सम्बोधन गरेको छ । तर,अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्छ ।

सीडी रेसियोलाई छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दामाथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यस तर्फ राष्ट्र बैंकको ध्यानजान जरुरी छ ।

सरकार र निजीक्षेत्र एकै रथको दुई पाङ्ग्राभएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार छ ।

कृष्णप्रसादअधिकारी
कार्यवाहक अध्यक्ष, नेपाल उद्योग परिसंघका
निजीक्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानकालागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।

कोभिड १९ प्रभाव नेपालमा मात्रहोइन सबै जसो मुलुकहरुमा परेको छ । अधिकांशमुलुकहरु विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनिचुनौतीको रुपमानभई अवसरको रुपमा लिनुपर्छ । सार्वजनिक निजी साझेदारीको रुपमा आर्थिक विकास तथापुनरुत्थानमा लानुपर्छ ।

सरकारले निजीक्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमाजान सकिन्छ ।

शेखर गोल्छा
अध्यक्ष,नेपालउद्योग वाणिज्य महासंघ
जब ब्याजदर ४–५ प्रतिशतमाथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशीलगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ ।
एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्छ । त्यसैले यसलाई रोक्न हुन्न स्वागत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।


अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

क्रेडिट रेटिङपछि लगानीका लागि थप अनुकूल वातावरण बन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:२७

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) का...

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

नेपाल र जापानका कम्पनीबीच सम्झौताः वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:२२

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले...

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

‘कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ’, अर्थमन्त्री पाैडेल

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:३७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा...

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने, कुन सामानमा कति छुट पाइन्छ ?

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:२५

काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७...

आईफोन १६ सिरिज सार्वजनिक, के छन् फिचर,कति रहेकाे छ मूल्य ?

आईफोन १६ सिरिज सार्वजनिक, के छन् फिचर,कति रहेकाे छ मूल्य ?

वि.सं.२०८१ भदौ २६ बुधवार ११:३३

काठमाडौँ । एप्पलले आफ्नो मेगा इभेन्टमा आइफोन १६ सिरिज सार्वजनिक...