back

हिमालयन जनरलको साधारण सभा जेठ २८ गते

काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा यहि जेठमा बस्ने भएको छ । कम्पनीको बैशाख १७ गते सम्पन्न्न भएको सञ्चालक समितिको बैठकले जेठ २८ गते शुक्रबार कम्पनीको २७ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालाय थापागाँउ, काठमाडौँमा बिहान ११ः०० बजे भर्चुअल माध्यमबाट हुनेछ ।सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश पारित गर्नेछ ।

साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ बराबरको ३ प्रतिशतले हुन आउने ३ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस शेयर र ३.७५ प्रतिशतले हुन आउने ४ करोड ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रकृयाको लागि उपयुक्त कम्पनी पहिचान तथा छनौट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले जेठ १३ गते बिहीबारदेखि २८ गतेसम्म शेयर दाखिला खारेजी गर्ने निर्णय गरेको छ । त्यसअनुसार जेठ ११ गते मंगलबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...