back

नेपाल लाइफको नाफा ९६.९३ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ अर्ब ७४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ९.२१ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीको बीमा शुल्क आर्जन ८ अर्ब ९२ करोड रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत २ अर्ब २० करोड आर्जन गरेको छ। गत वर्ष यस्तो आय १ अर्ब ६८ करोड रुपैयाँमात्र थियो।

यो अवधिमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ९.९४ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको नाफा ९६.९३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा २२ करोड ९० लाख रुपैयाँ नाफा गरेकोमा समीक्षा अवधिमा घटेर ७० लाख ३३ हजार रुपैयाँमात्र भएको छ। कम्पनीले सेयर लगानी नोक्सानीबापत १८ करोड ८ लाख रुपैयाँ छुट्याएका कारण नाफा घटेको हो। यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन।

कम्पनीको व्यवस्थापन खर्च ८.१३ प्रतिशतले वृद्धि भएर २१ करोड ८१ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च २० करोड १७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार २५.२५ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। ३ अर्ब ६६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार घटेर ८६ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम बीमालेखको संख्या १३ लाख ९३ हजार २५८ रहेको छ। गत वर्ष कुल कायम बीमालेखको संख्या १३ लाख १९ हजार ७०२ रहेको थियो।

चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.३९ रुपैयाँ, पीई अनुपात ४३३८.०३ गुणा र प्रतिसेयर नेटवर्थ १२०.८५ रुपैयाँ रहेको छ।


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...