back

महिला लघुवित्तको नाफामा उछाल, ११२.६६ प्रतिशतले बढ्यो

काठमाडौं–चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ११२ दशमलव ६६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको हो । जुन गत वर्ष यस अवधिसम्म ३ करोड २ लाख २५ हजार रहेको थियो ।

यसरी नै समिक्षा अवधिमा सञ्चालन नाफामा पनि करीब १५० प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो ।

गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर ३ हजार १२५ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १४७ प्रतिशत बढी २ अर्ब १९ करोड ८५ लाख ५१ हजार कर्जा सापटी लिएको छ ।

गत वर्षभनदा ३२ दशमलव ४९ प्रतिशत बढी ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८ दशमलव ७८ प्रतिशत बढी ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यस अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव २५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८५ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ २९१ दशमलव ८४ रहेको छ ।


सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए

सेन्ट गोबेन जिप्रोक ट्रफीका लागि नेपालका ठेकेदार विष्णु र सीताराम छानिए

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १८:५०

काठमाडौं । सन् २०२४ नोभेम्बरमा भियतनाममा हुने जिप्रोक ट्रफीका लागि...

आज हरिबोधिनी एकादशी, यस्तो छ धार्मिक विश्वास

आज हरिबोधिनी एकादशी, यस्तो छ धार्मिक विश्वास

वि.सं.२०८१ कात्तिक २७ मंगलवार १३:२०

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका...

मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग

मानुषी लघुवित्तद्वारा ४ पदमा कर्मचारी माग

वि.सं.२०८१ कात्तिक २६ सोमवार १३:२७

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको...

५१ लघुवित्त वित्तीय संस्थामध्ये ८ लघुवित्तको लाभांश सार्वजनिक : कुनको कति ?

५१ लघुवित्त वित्तीय संस्थामध्ये ८ लघुवित्तको लाभांश सार्वजनिक : कुनको कति ?

वि.सं.२०८१ कात्तिक २५ आइतवार १०:४७

काठमाडौं । सूचीकृत ५१ लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म जम्मा आठले...

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...