back

अर्थतन्त्रको बृद्धिदर ४ प्रतिशतभन्दा बढी, प्रतिव्यक्ति आय १ लाख ४१ हजार

काठमाडौं । यो वर्ष नेपालको अर्थतन्त्र ४ दशमलव ०१ प्रतिशतले बढ्ने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले यो वर्ष नेपालको अर्थतन्त्र ४.०१ प्रतिशत बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण अर्थतन्त्र २.०९ प्रतिशत घटेको संशोधित तथ्यांक पनि विभागले सार्वजनिक गरेको छ ।

यसअघि गत वर्ष पनि आर्थिक बृद्धि धनात्मक नै भएको बताइँदै आएको थियो । विभागले राष्ट्रिय लेखा विधीमा संशोधन गरेपछि भने डेढ प्रतिशत हाराहारीमा अर्थन्त्र खुम्चने बताएको थियो । पछिल्लो तथ्यांकले भने गत वर्ष अर्थतन्त्र २ प्रतिशतभन्दा धेरैले घटेको देखिएको छ ।

कोरोना महामारीका कारण अधिकांश उद्योगधन्दा बन्द भएको, बजार बन्द गरिएको र धेरैको रोजगारी खोसिएका कारण समग्र माग र उपभोग पनि घटेको थियो । यसको असर आर्थिक बृद्धिमा परेको विभागले जनाएको छ ।

यो वर्षभने अधिकांश उद्योगधन्दा पुनः सञ्चालनमा आएका कारण अर्थतन्त्र बढोत्तरी हुने अनुमान गरेको छ । पछिल्लो १० वर्षमा मुलुकको कुल गार्हस्थ उत्पादन औसत ४.३८ प्रतिशतले बढेको देखाएको छ । यस आधारमा यो वर्ष औसत बृद्धिकै नजिकका पुग्ने संभावना देखिएको हो । यद्यपि, हालैका सातामा बढेको कोरोना महामारी र नयाँ निशेधाज्ञाको असर अर्थतन्त्रमा कति पर्छ भनेर हेर्न भने बाँकी छ ।

यससँगै कुल गार्हस्थ उत्पादनमा आधारित प्रतिव्यक्ति आय १ लाख ४० हजार ८ सय १९ रुपैयाँ पुग्ने विभागको अनुमान छ । कुल राष्ट्रिय आयका आधारमा भने नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख ४१ हजार ४ सय ८ रुपैयाँ पुग्ने विभागले बताएको छ । प्रतिव्यक्ति आयलाई कुल गार्हस्थ उत्पादन (जीडीपी)मा नभइ कुल राष्ट्रिय आय ९जीएनआई० का आधारमा मापन गरिन्छ । अमेरिकी डलरमा भने प्रतिव्यक्ति आय १ हजार १ सय ९६ डलर पुग्ने अनुमान छ ।


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...