नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ९२ करोड ३७ लाख
वि.सं.२०७८ कात्तिक १५ सोमवार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आ.वको पहिलो तीन महिनामा नाफा ४८ प्रतिशतले बढाएको छ । बैंकले सोमबार प्राशित गरेको वित्तिय विवरण अनुसार असोज मसान्तसम्ममा ९२ करोड ३७ लाख नाफा गरेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनि अन्य आन्दानी बढाएर नाफा बढाएको देखिन्छ । बैंकको खुद व्याज आन्दानी २१.७० प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी एक अर्ब ६३ करोडबाट एक अर्ब २७ करोडमा झरेको छ ।
बैंकले पहिलो त्रैमासमा २ प्रतिशतले कर्जा बढाएको छ । बैंकले पहिलो त्रैमासमा एक खर्ब ६० अर्ब कर्जा पुर्याएको छ । स्प्रेड दर ४.१४ बाट २.५९ प्रतिशतमा ल्याएको छ ।
२०७८ कात्तिक १५ गते प्रकाशित
प्रकाशित समय : १३:१८ बजे