नेपाल बार परिसरमा वकिलहरूबीच हानाहान
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार
काठमाडौँ । नेपाल बार एशोसियशन परिसरमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो ।
वकिल चुडालले आफुलाई पिटेको भन्दै कानूनी प्रक्रियामा जाने बताएका छन् । चुडालले मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् ।
‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको थिएँ,’ उनले भने, एक्कासि ममाथि कुटपिट भयो, बारकै इशारामा कुटपिट भएको आशंका छ ।’
२०७८ कार्तिक १२ गते प्रकाशित
प्रकाशित समय : १३:५६ बजे