back

अर्थमन्त्री शर्माद्धारा उर्जा तथा अन्य पूर्वाधार परियोजनाको कार्यान्वयका लागि प्रतिवद्धता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ ।
बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका गरेका हुन् ।

उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे । नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पु¥याएको क्षतिको आँकलन गर्ने, जनताको जीवन रक्षा गर्ने, खाद्यान्न आपूर्ति गर्ने र क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्ने लगायतका विषयमा गंभीरताका साथ काममा जुटिरहेको जानकारी दिए ।

मन्त्री शर्माले जनवायु परिवर्तनबाट अति प्रभावित विकासशील मुलुकहरुले वार्षिक एस सय अर्ब डलरका दरले क्षतिपूर्ति वापत पाउनुपर्ने सम्बन्धी कोपनहेगन निर्णय समेत लागू नभएको र जलवायु परिवर्तनको असर रोकथाम तथा न्यूनिकरणका लागि स्थापना गरिएका कोषहरुमा नेपालको पर्याप्त पहुँच नरहेको विषयमा समेत विश्व बैंकको ध्यानाकर्षण गराए । जारी कोप २६ मा यस विषयमा समेत विश्व बैंकले आवाज उठाइदेओस् भन्ने नेपालको चाहना रहेको उनले बताए । साथै जलवायु परिवर्तनका असरविरुद्ध जुध्न अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा प्रकट गरे ।

भर्चुअल बैठकमा दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले नेपाललाई प्राप्त सहयोग तथा सुविधाहरु पूरा उपयोग गर्न कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आवश्यकता औंल्याए । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा जलवायु परिवर्तन सम्बन्धी नेपालको चासोलाई महत्वका साथ प्रस्तुत गर्न आफूहरु सकारात्मक रहेको बताए ।

बैठकमा अर्थसचिव मधु कुमार मरासिनीले विश्व बैंक नेपालको विश्वसनीय साझेदार भएकोले विगतमा झैं सहयोग नियमित हुने अपेक्षा व्यक्त गए । विश्व बैंकले उर्जा, शैक्षिक क्षेत्रलगायतमा गरिरहेको सहयोगप्रति आभार प्रकट गर्दै सचिव मरासिनीले परियोजना कार्यान्वयनको लागि सरोकारवाला मन्त्रालयसँग समन्वय गर्ने, अप्ठेराहरु केही देखिएमा तिनलाई फुकाउने कार्यमा सरकारले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै कोप २६ मा नेपालको आवाजको प्रतिनिधित्व गरिदिन समेत विश्व बैंकलाई अनुरोध गरे ।

२०७८ कार्तिक ११ गते प्रकाशित


‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस’

वि.सं.२०८२ जेठ १ बिहीवार १८:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले...

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री

वि.सं.२०८२ जेठ १ बिहीवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त...

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

मन्त्रिपरिषद्का दुई बैठकका ३० निर्णय, दुई–चार दिनमै नयाँ गभर्नर नियुक्ति हुने

वि.सं.२०८२ जेठ १ बिहीवार १७:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...