back

साधना लघुवित्तको नाफा ८८.३९ प्रतिशतले बढ्यो

काठमाडौँ। साधना लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनकि विवरा अनुसार समिक्षा अवधिमा संस्थाको मुनाफा उल्लेख्य रहेको छ । संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३ करोड २९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ५८९.१९ प्रतिशतले बढेर ४ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १३०.७२ प्रतिशतले उकालो लागेको छ। गत वर्ष यही अवधिमा ३ करोड १२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७ करोड २१ लाख रुपैयाँ भएको छ। यसको संस्थाको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।

संस्थाले २ अर्ब ८८ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर २ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १०६.८९ प्रतिशतले बढेर १६ करोड २१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ७ करोड ८३ लाख रुपैयाँ रहेको थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५१.२२ रुपैयाँ पुगेको छ। पीई रेसियो ३५.८५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६३.१० रुपैयाँ रहेको छ।

२०७८ कार्तिक १० गते प्रकाशित


आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

आजको मौसम: देशका केही स्थानमा वर्षा हुने

वि.सं.२०८१ चैत २ शनिवार ११:५४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक...

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

जनकपुरमा संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु

वि.सं.२०८१ चैत १ शुक्रवार १६:३१

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूमाथि कडाई गर्न सुरु गरेको...

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

भन्सार मूल्य निर्धारणमा महानिर्देशक बढी जिम्मेवार बन्नुपर्ने

वि.सं.२०८१ चैत १ शुक्रवार १६:२३

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले भन्सार...

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

‘मौलिक विरुवाहरुलाई बजारमा ल्याएर व्यवसायिक खेती सुरु गरौं’

वि.सं.२०८१ चैत १ शुक्रवार १६:०७

काठमाडौं । कृषि तथा पशुपक्षी बिकास मन्त्रालयका सचिब डा.गोबिन्द प्रसाद...

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति भण्डार

वि.सं.२०८१ चैत १ शुक्रवार १५:४६

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक...

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...