back

सुडानका प्रधानमन्त्रीसहित दर्जनौ नेता सेनाको नियन्त्रणमा

काठमाडौँ । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुद्धारा जारी समाचारमा उल्लेख छ ।

संचार मन्त्रालयले प्रधानमन्त्री हम्डकलाई सेनाको नियन्त्रणमा राखिएको पुष्टि गरेको छ । सोमबार सत्ताविद्रोह गरेको सेनाले प्रधानमन्त्रीलाई पदत्याग गर्न भनेपनि उनले अस्वीकार गरेपछि सेनाले प्रधानमन्त्री हम्डकलाई नियन्त्रणमा लिएको हो । उनीलाई अहिले सेनाले अज्ञात स्थलमा राखेको छ ।

नागरिक अगुवाहरु समेत सम्मिलित सुडानी सरकार र सेनाका बीचमा पछिल्लो केही समयदेखि सम्वन्धमा तिक्तता आएको थियो । सत्ता कब्जा गरेको सेनाले देशभरी इन्टरनेटलगायतका सञ्चार सेवाहरु अवरुद्ध गरेको छ । त्यसैगरीे राजधानी खार्तुम ओहोरदोहोर गर्ने मुख्य सडक र पुलहरु बन्द गरिएका छन् ।
सेनाको कदमको विरुद्धमा प्रदर्शन समेत हुन थालेको छ भने प्रदर्शनमा सहभागीहरुलाई सेनाले गिरफ्तार गरेको छ ।

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न सेनाले अश्रुग्यास प्रहार गर्नेलगायतका प्रतिरोधात्मक कदमहरु पनि चालेको छ । प्रदर्शनकारीहरुले सेनाले सैन्य कु गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् ।

तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनता समक्ष अनुरोध गरेको छ ।तत्कालिन सरकारले मुल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

सर्वपक्षीय सहमतिमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो । नागरिक अगुवासहितको सरकारलाई अपदस्त गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायबाट पनि चर्को विरोध भएको छ । संयुक्त राज्य अमेरिकाले सुडानी सेनाले गरेको सत्ताविद्रोह प्रति आपत्ति जनाएको छ ।

सुडानका लागि अमेरिकी दूत जेफ्री फेल्टम्यानले विज्ञप्ति प्रकाशन गरी नागरिक सरकारप्रतिको सुडानी जनताको चाहनालाई सैनिक विद्रोहले कुठाराघात गरेको उल्लेख गर्नु भएको छ ।

२०७८ असोज ८ गते प्रकाशित


तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा दुई प्रहरी जवानलाई निलम्बन

वि.सं.२०८१ चैत १४ बिहीवार १६:५३

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा...

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

पर्यटक भिसामा आएका चिनियाँ नागरिकको भाषा कक्षा बन्द

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले सञ्चालन...

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

अतिक्रमणगरी बनाइएका संरचना भत्काउन खोज्दा स्थानीयको अवरोध

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४१

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको अगुवाइमा काठमाडौं महानगरपालिका ३१...

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरियो : प्रधानमन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १५:०६

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी ऐन उच्च प्राथमिकतामा : ऊर्जामन्त्री

वि.सं.२०८१ चैत १४ बिहीवार १४:२९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नविकरणीय उर्जा...

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

वि.सं.२०८१ चैत १४ बिहीवार १२:१३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिआरसीमा...