back

बाढीपीडितलाई ८० बोरा चामल प्रदान

कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई यहाँको ‘साझा आवाज’ नामक अनलाइनको पहलमा उक्त राहत सामग्री दोधारा–चाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो ।

दोधारा–चाँदनीमा आइतबार राति सम्पन्न डे–नाइट क्रिकेट प्रतियोगिताको मैत्रीपूर्ण खेल पत्रकार महासङ्घ र सुरक्षाकर्मीबीच भएको थियो । सोही अवसरमा साझा आवाज डटकमका सञ्चालक सुरेश भट्टले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकमार्फत राहतस्वरुप चामल हस्तान्तरण गरिएको बताए ।

“मैत्रीपूर्ण क्रिकेट खेल्दै हामीले पीडितलाई सहयोग होस् भन्ने उद्देश्यले यहाँ सुरक्षाकर्मी, पत्रकार र व्यवसायी मिलेर सहयोग गरेका हौँ”, सञ्चालक भट्टले भने, “धेरै पीडितको घरमा अहिले छाक टार्नसमेत मुश्किलपर्ने अवस्था देखेपछि राहत दिन लाग्यौँ ।”

राहतका लागि सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐर, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवराज भट्ट, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अमर माझीलगायतले सहयोग गरेको भट्टले जानकारी दिए।

व्यवसायीका तर्फबाट कुमार श्रेष्ठ निर्माण सेवा, लालु ट्रेर्डस, राधिका हार्डवेयर, हेमन्त न्यौपाने, बिजिबीं इस्पोटर्स र माधव घिमिरेले पनि सहयोग गरेको सञ्चालक भट्टले बताए । राहत सामग्री बुझ्दै नगरप्रमुख सुनारले सहयोगी हातलाई धन्यवाद दिँदै तत्काल बाढीपीडितलाई उक्त सामग्री वितरण गर्ने बताए।

२०७८ असोज ८ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...