back

काठमाडौँ उपत्यकामा सार्वजनीक गाडीको भाडा बढ्यो

काठमाडौँ। काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनीक गाडीको भाडा बढेको छ । बागमति प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयअनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीले असोज २० गते कात्तिक १ देखि लागू हुने गरी बागमति प्रदेशभित्र लागू हुने गरी साबिकको दररेटमा २३ प्रतिशतसम्म वृद्धि हुने गरी सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेका हुन् ।

साथै प्रदेश सरकारले काठमाडौं उपत्यकाको हकमा छुट्टै भाडादर लागू गरेको छ । प्रदेशले बढाएको नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा यात्रा गर्ने यात्रुले अधिकतम ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरी यात्रा गर्दा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्ने नियम कात्तिक १ गतेबाट लागू हुने भएको हो । काठमाण्डौमा २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्नेले ३० रुपैयाँसम्म, १५ किलोमिटरसम्म यात्रा गर्नेले २७ रुपैयाँसम्म, १० किलोमिटरसम्म २३ र ५ किलोमिटरसम्म रु १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

यसरी हेर्दा उपत्यकामा समेत सबैभन्दा छोटो दूरीको यात्रा गर्नेले कम्तीमा १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यसअघि काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातका साधन प्रयोग गर्दा सबैभन्दा कम १५ रुपैयाँ तिर्नुपथ्र्यो भने सबैभन्दा बढी २० रुपैयाँ लाग्थ्यो ।

२०७८ असोज २१ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

वि.सं.२०८१ असोज २२ मंगलवार १७:३१

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ।...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

दैवी प्रकोप उद्धार कोषमा प्रभु ग्रुपबाट १ करोड ७५ लाख सहयोग

वि.सं.२०८१ असोज २१ सोमवार १६:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल...