घटस्थापनाका दिन पाँच सयले बढ्यो सुनको मूल्य
वि.सं.२०७८ असोज २१ बिहीवार
काठमाडौँ । बडादसैँको पहिलो दिन घटस्थापनामा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।
२०७८ असोज २१ गते प्रकाशित
प्रकाशित समय : ११:२९ बजे