मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

वि.सं.२०७८ असोज २० बुधवार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।
मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द« नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, र्फामेसी, प्रक्रियामामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
२०७८ असोज २० गते प्रकाशित

प्रकाशित समय : ११:३७ बजे