back

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह

काठमाडौँ। एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता पल शाह नियुक्त भएका छन् ।
नेपालको अग्रणी बैंक एनएमबि आज अभिनेता तथा समाजसेवी शाहलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

टेलिभिजनको इडिटिङ, म्युजिक भिडिया हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेतामध्ये एक हुन्। एक प्रेस वक्ततव्य जारी गर्दै बैंकले अभिनेता शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ। शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ।

एनएमबि बैंकको ब्रान्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता पल शाहले व्यक्त गरे।

त्यसैगरी शाहलाई एनएमबि बैंक परिवारमा ब्रान्ड एम्बेस्डरका रुपमा अफिसियली स्वागत गर्न पाउँदा बैंक खुसी छ। जसरी शाहले अभिनयसँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य गर्दै आएका छन्, त्यसरी नै एनएमबि बैकले पनि सामाजिक उत्तरदायित्वलाई मूलधारमा राखी कार्य गर्दै आइरहेको छ।

बैंकले देशभरिका १८१ शाखाका साथै १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

२०७८ असोज १९ गते प्रकाशित


मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

मर्यादाक्रम अनुसार कर्मचारीको तलब निर्धारण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:४२

काठमाडौँ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय...

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३७

काठमाडौं । एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४...

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३२

काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

परिवर्तन गर्न यो सरकार बनेको हो, निजी क्षेत्रले आशा भरोसा गर्नैपर्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि...

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा गर्यो ५७ खर्बको कारोबार

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:२७

काठमाडौ । कनेक्ट आइपीएसले रिटेल पेमेन्ट स्वीचबाट एक वर्षमा ५७...

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

वि.सं.२०८१ साउन ३ बिहीवार १५:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख...