back

छिमेक लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा छिमेक लघुवित्तले ९५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा तुलनामा लघुवित्तको खुद नाफा ५९ दशमलव ८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

तेस्रो त्रैमाससम्म आउँदा कम्पनीको चुक्ता पूँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा दुई अर्ब ९० करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्ममा २१ अर्ब ८२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ६ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर २६ अर्ब ४२ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० दशमलव ९० प्रतिशतले बढी हो। यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ६७ दशमलव ४३ प्रतिशतले बढी हो ।

चैत मसान्तसम्ममा लघुवित्तको निष्कृय कर्जा अनुपात ० दशमलव ५५ प्रतिशत छ। लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसाले बढेर ६९ रुपैयाँ ६५ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ २५८ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.५८ गुणा बढी छ।


आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष...

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

चिकित्सा शिक्षा आयोगको बैठक: निजी मेडिकल कलेजलाई भत्ता दिने निर्णय, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु

वि.सं.२०८२ वैशाख १५ सोमवार १५:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा...

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:५०

काठमाडौँ । शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी...

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ...

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ

वि.सं.२०८२ वैशाख १५ सोमवार १२:०६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले...

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने

वि.सं.२०८२ वैशाख १५ सोमवार १०:२८

काठमाडौं । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप...