सनराईज क्यापिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने
वि.सं.२०७८ असोज १७ आइतवार
काठमाडौँ । सनराईज क्यापिटल लिमिटेडले लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्न लागेको छ । क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरि लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको असोज १० गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको एघारौँ वार्षिक साधारण सभा कार्तिक १२ गते, सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा दिउसोको २ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ
२०७८ असोज १७ गते प्रकाकशित
प्रकाशित समय : १३:४० बजे