back

हिमालयन बैंकको नाफामा ४४ प्रतिशतको गिरावट, १ अर्ब २ करोड बढीले घट्यो

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो वित्तिय विवरणमा यस्तो देखिएको हो । गत आवको यसै अवधिमा २ अर्ब ३१ करोड ७१ लाख १३ हजार खुद नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा पनि गत आवको यसै अवधिको तुलनामा सामान्य मात्र बढेको छ । गत आवको यसै अवधिमा ८२ करोड ८७ लाख ६३ हजार रहेकोमा ८४ करोड ७६ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको १४ प्रतिशतले पूँजी बढेर खुद ब्याज आम्दानी घटेपछि बैंकको प्रतिशेयर आम्दानी १६.९० रुपैयाँ संकुचित भई १६.०६ रुपैयाँमा झरेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ३२ अर्ब २४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ७१ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब ८८ करोड १ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.४५, सञ्चालन नाफा ३९.०८, आधार ब्याजदर २.१२, कोषको लागत १.८७ प्रतिशतले घटेको छ भने निक्षेप ५.५७ र कर्जा लगानी १९.५० प्रतिशतले बढेको छ । बैंकको जगेडा कोषमा ६ अर्ब १९ करोड ७८ लाख र शेयरधनी कोषमा १ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १३.१९, खराब कर्जा अनुपात ०.८१, कोषको लागत ४.६०, कर्जा निक्षेप अनुपात ७८.९९, आधारदर ६.७५, स्प्रेडदर ३.३५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १७१.८१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.३७ गुणा छ ।


गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

गुठी ऐनलाई धेरै चलाउँदैनौं : केही बुँदा मात्र संशोधन हुन्छ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:४१

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

एनआरएनए सचिवालयलाई सर्वोच्चको पत्र: आदेश कार्यान्वयन गर्न अल्टिमेटम

वि.सं.२०८१ चैत ५ मंगलवार १७:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सचिवालयलाई सर्वोच्च अदालतको फैसला...

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

अवैध विदेशी मुद्रासहित पक्राउ परेका लामा सार्वजनिक

वि.सं.२०८१ चैत ५ मंगलवार १५:१०

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ...

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८१ चैत ५ मंगलवार १४:४६

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौँ विश्वविद्यालयका...

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

एसियन कप खेल्न जाने पुरुष फुटबल टोलीको बिदाई

वि.सं.२०८१ चैत ५ मंगलवार १४:२८

काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप...