यो वर्षको उत्कृष्ठ आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई

वि.सं.२०७८ जेठ २५ मंगलवार

काठमाडौं । यस वर्षको उत्कृष्ठि आर्थिक पत्रकारितिा पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले पाउने भएको छ । नेपाल धितोपत्र बोर्डले आज बार्डको वार्षिक उत्सव कार्यक्रम समारोहबाट यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई प्रदान गर्ने घोषणा गरेको हो ।
मंगलवार २९औं वार्षिक उत्सव कार्यक्रममा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गर्न सहयोग गरेको भन्दै ५० हजार पुरस्कार राषीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी गराए ।
२०७८ जेठ २५ गते प्रकाशित

प्रकाशित समय : ०७:४५ बजे