back

सिवाइसी नेपाल लघुवित्तको आइपिओ बिक्री खुला

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

साथै निष्काशन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

 


पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:२८

काठमाडौ। ट्रेड टावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला...

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१०

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि...

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

वि.सं.२०८२ वैशाख ४ बिहीवार १८:१०

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ...

स्वार्थको खेलमा लेखा समिति, क्षेत्राधिकार विर्सदा आईपीओ निष्काशन अपरुद्ध

स्वार्थको खेलमा लेखा समिति, क्षेत्राधिकार विर्सदा आईपीओ निष्काशन अपरुद्ध

वि.सं.२०८१ चैत २९ शुक्रवार १८:५४

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वार्थ बाझिने गरी...

होटल ईच्छाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

होटल ईच्छाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

वि.सं.२०८१ चैत २८ बिहीवार १२:३३

काठमाडौं । बाराको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर...