back

तयारिमा बस्नुस ः चैत २५ गतेदेखि आईपीओ निष्काशन गर्दै उपकार लघुवित्त

काठमाडौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ को ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ०।५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:०४

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा...

आजबाट ट्रेड टावरकाे आईपीओमा आवेदन दिन सकिने

आजबाट ट्रेड टावरकाे आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ जेठ १४ बुधवार १०:२९

काठमाडौं। ट्रेड टावर लिमिटेडले आजबाट प्राथमिक साधारण शेयर अर्थात आईपीओ...

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्भि इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:४७

काठमाडौं ।  सान्भि इनर्जी लिमिटेडले जेठ ९ गतेदेखि निष्काशन तथा...

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति

वि.सं.२०८२ जेठ १२ सोमवार १५:१३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

महुली लघुवित्तको ब्याजसँगै सञ्चालन आम्दानीमा उलेख्य वृद्धि

वि.सं.२०८२ वैशाख २५ बिहीवार १२:१८

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको...