back

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा सदस्यहरुलाई तरकारी खेती तालिम

तनहुँ। तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २२ जना ग्राहक सदस्यहरुको सहभागितामा फाल्गुण २७ गतेदेखि २९ गतेसम्म बर्दिया जिल्लाको बाँसगढि–५, बाँसगढिमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ ।

संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले यसको जानकारी गराएका हुन् । यस तालिममा प्रशिक्षक रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी, गोकर्ण रावत रहेका थिए ।

करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन लगायतमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी बालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले बताए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरिरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरि धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामनाचौकका स्थानीय ब्यवसायिक कृषक कृष्णविक्रम के.सीको साढे तीन विघामा फैलिएको कृषि फार्म अवलोकन गरेका थिए । तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य दिंदै तालिमको उद्देश्य बारेमा संस्थाका मदनचौक मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत बुद्धिराम चौधरीले प्रकाश पारेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरि ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिइ शाखाहरु स्थापना गरि सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ। संस्थाले ०७८ माघ मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ।


विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ चैत २१ बिहीवार १०:३५

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि एफपीओ...

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८१ चैत ८ शुक्रवार १०:३४

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

वि.सं.२०८१ फागुन २२ बिहीवार ११:०३

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ फागुन १८ आइतवार १२:३७

काठमाडौ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक...