back
himalayan life

सबैको लघुवित्त वित्तीय संस्थाद्वारा सदस्यहरुलाई तरकारी खेती तालिम

तनहुँ। तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २२ जना ग्राहक सदस्यहरुको सहभागितामा फाल्गुण २७ गतेदेखि २९ गतेसम्म बर्दिया जिल्लाको बाँसगढि–५, बाँसगढिमा “बेमौसमी तथा मौसमी तरकारी खेती तालिम” सम्पन्न गरेको छ ।

संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले यसको जानकारी गराएका हुन् । यस तालिममा प्रशिक्षक रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी, गोकर्ण रावत रहेका थिए ।

करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन लगायतमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा साग बाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी बालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठले बताए । संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरिरहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरि धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामनाचौकका स्थानीय ब्यवसायिक कृषक कृष्णविक्रम के.सीको साढे तीन विघामा फैलिएको कृषि फार्म अवलोकन गरेका थिए । तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य दिंदै तालिमको उद्देश्य बारेमा संस्थाका मदनचौक मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत बुद्धिराम चौधरीले प्रकाश पारेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरि ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आइरहेको छ । संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिइ शाखाहरु स्थापना गरि सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ। संस्थाले ०७८ माघ मसान्तसम्ममा ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...