back

गृहको विज्ञप्तिप्रति आयोगको आपत्ति, अभिव्यक्ति स्वतन्त्रता हनन गर्न खोजेको आरोप

काठमाडौँ । दार्चुलाका जयसिंह धामी र मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास योजनालगायतका विषयलाई लिएर भइरहेको आन्दोलन दबाउने गरी गृह मन्त्रालयले विज्ञप्ति जारी गरेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ।

सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी हस्तक्षेप गर्न लागेको भन्दै आयोगले मंगलबार विज्ञप्ति जारी गदै गम्भीर आपत्ति जनाएको हो।

गृहले ‘मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न लिखित निर्देशन दिएको थियो। त्यस्ता गतिविधि गर्नेमाथि निगरानी राख्ने, विश्लेषण गर्ने र कानुनबमोजिम कडा कारबाही गर्ने चेतावनी गृहले दिएको थियो।

विरोध प्रदर्शनलाई निरुत्साहित गर्ने, त्यस्ता गतिविधिमा संलग्न भएकालाई कारबाही गर्ने भनी गृहले जारी गरेको विज्ञप्तिले नागरिक स्वतन्त्रता खोसेको आयोगको ठम्याई छ।

नेपालको संविधानको धारा १७, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ तथा नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। तर, गृहले जारी गरेको विज्ञप्ति र निर्देशनले शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुन पाउने अधिकार समेत कुण्ठित हुन पुगेको आयोगको निष्कर्ष छ।

‘संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ, ‘आयोगका सहसचिव टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषयमा विमति राख्दा मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धप्रति संवेदनशील हुन र आफ्ना विरोध प्रदर्शनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन समेत आयोग सम्बन्धित पक्षलाई अनुरोध गर्दछ।’

२०७८ भदौ २२ गते प्रकाशित


सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन : मा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

कोही चिनेका, मेरो पार्टी निकटका, वा सरकार निकटका व्यवसायीलाई हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो त्यही गर्दिन : मा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:१६

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी...

अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

अघि बढ्यो एमसीसी परियोजना,नवलपरासीमा ४०० केभी सबस्टेशन बनाउन भारतीय कम्पनीसँग सम्झौता

वि.सं.२०८१ वैशाख २९ शनिवार २२:१५

काठमाडौँ। अन्ततः एमसीसीको परियोजना अघि बढेको छ । यसको पहिलो...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब १ अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:२५

काठमाडौँ । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त...

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ : आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास

वि.सं.२०८१ वैशाख २६ बुधवार १३:०३

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय...