back

४ भेरियन्टमा अल न्यु ह्युन्डाई टुसानको बिक्री सुरु, कति पर्छ मूल्य ?

काठमाडौँ । ह्युन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यु टुसान’ सार्वजनिक गरेको छ।

ह्युन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो। ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ। यसमा प्रयोग गरिएको प्यारामेट्रीक हिडन लाइट, लामो ह्विलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको ठूलो अलोय ह्विल, टु ह्विल र फोर ह्विल ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ।

नेपाली बजारमा नयाँ जेनेरेसन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ। जसमा जिएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्विल ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्विल ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्विल ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ। यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्विल ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ।

अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमसन रेड, सिम्रिङ सिल्भर, डिप सी र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेसन टुसानमा भ्यान्टिलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बियन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ।

बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। ह्युन्डाई मोटर्स विश्वकै ५ औं ठूलो कार उत्पादक कम्पनी हो।

२०७८ भदौ २२ गते प्रकाशित


टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

वि.सं.२०८१ माघ २० आइतवार १६:४२

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको...

३ पाङ्रे इलेक्ट्रिक कार लञ्च: के-के छ सुविधा?

३ पाङ्रे इलेक्ट्रिक कार लञ्च: के-के छ सुविधा?

वि.सं.२०८१ माघ १९ शनिवार १६:२९

काठमाडौं । भारतकाे पुणेस्थित इलेक्ट्रिक कार कम्पनी जेन्सोल ईभीको तीन...

सुनरा ‘के फाइभ’ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

सुनरा ‘के फाइभ’ स्कुटरको मिडिया टेस्ट राइड इभेन्ट सम्पन्न

वि.सं.२०८१ माघ १९ शनिवार १६:२४

काठमाडौं । सुनरा इलेक्ट्रिक स्कुटरका नेपाली बजारका आधिकारिक बिक्रेता इटालिया...

काव्य स्कूलले थप्यो १६ हाइगर इभी भ्यान, शशिला मोटर्सले गर्‍यो हस्तान्तरण

काव्य स्कूलले थप्यो १६ हाइगर इभी भ्यान, शशिला मोटर्सले गर्‍यो हस्तान्तरण

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४५

काठमाडौं । काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान...

नेपालमा एसयूभी दिपल ई०७ लन्च: विक्री सुरु, कस्ता छन् फिचर?

नेपालमा एसयूभी दिपल ई०७ लन्च: विक्री सुरु, कस्ता छन् फिचर?

वि.सं.२०८१ माघ १५ मंगलवार १२:३४

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ नेपालमा औपचारिक...

सेरेसद्वारा नेपालभर एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

सेरेसद्वारा नेपालभर एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको सुरुवात

वि.सं.२०८१ माघ १३ आइतवार १८:२२

काठमाडौं । एमएडब्लु वृद्धि अन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले...