जर्मनका लागि राजदूत जनको निधन

वि.सं.२०७८ भदौ २१ सोमवार

काठमाडौँ । जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ ।
“चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उनका परिवारजन र निकट मित्रहरुप्रति मन्त्रालयले सहानुभूित व्यक्त गरेको छ । बेइजिङ् खटाउनु अगाडि उहाँ चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार थिए।
चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो ।
२०७८ भदौ २१ गते प्रकाशित

प्रकाशित समय : १७:०३ बजे