back

वासिङटनमा गोली चल्दा तीनको मृत्यु

काठमाडौँ । वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।

डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।”

डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासी गाडीबाट बाहिर निस्किए र शनिबार राती मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ ।

२०७८ भदौ २० गते प्रकाशित


यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली

महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली

वि.सं.२०८१ चैत ११ सोमवार १७:०७

दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक-सु को...

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

वि.सं.२०८१ चैत ११ सोमवार १६:३२

अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड...

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

वि.सं.२०८१ चैत १० आइतवार १८:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री...