back

अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

काठमाडौँ । अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ ।

पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताएका हुन् । उनले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युननत आवश्यकता पाउन सक्ने वातावरण बताउनुपर्ने बताए ।

उनले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष उनले जोड दिए । विदेशमन्त्री कुरेसीले उहाँका जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताए ।

हाल पाकिस्तान भ्रमणमा रहेका जर्मन विदेशमन्त्री माससँगै पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

उनले भने, हामीले दशकौँ पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उनले बताए ।

उनले अफगानिस्तानमा यस्तो अवस्था आएको छ कि त्यहाँका नागरिक अहिले मानवीय सहायताको पर्खाइमा छन् र उनीहरुलाई आवश्यक मात्रामा सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

२०७८ भदौ १६ गते प्रकाशित


यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली

महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली

वि.सं.२०८१ चैत ११ सोमवार १७:०७

दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक-सु को...

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन

वि.सं.२०८१ चैत ११ सोमवार १६:३२

अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड...

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

शहरी विकासमन्त्री प्रकाशमान सिंहमाथि खनिए मेयर बालेन शाह

वि.सं.२०८१ चैत १० आइतवार १८:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री...