अफगानस्तान हिंसाको असर : केन्द्रीय बैंकका गभर्नरले पद छाडे
वि.सं.२०७८ भदौ ३ बिहीवार
काठमाडौँ । अफगानस्तानका केन्द्रीय बैंकका गभर्नर अजमल अहमदीले गभर्नर पद छाडेका छन् । ४३ वर्षिय अहमदीलाई एक वर्ष पहिले केन्द्रीय बैंक “द अफगानस्तान बैंक”ले कार्यवाहक गभर्नर नियुक्त गरेको थियो ।
अफगानस्तानको अवस्था हाल बिग्रदै गएको छ । अझै केही मानिसहरु अफगानस्तान छाड्ने क्रम जारी नै छ । यस्तैमा गभर्नर अजमल अहमदीले समेत देश छाडेका छन् ।
अफगान राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका अहमदीले ट्वीट मार्फत आफ्नो बयान जारी गर्दै देश छाडेको बताएका हुन् ।
२०७८ भदौ ३ गते प्रकाशित
प्रकाशित समय : १३:०८ बजे