back

ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् ।

अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ ।

आइतबार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन, “अफगानिस्तानमा देखिएको असफलताका कारण अव बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ ।”

अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उहाँले व्यक्त गर्नुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरुले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन् ।
तालिवान विद्रोहीहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाड्का हुन् । देश छाडेपछि उहाँले थप रक्तपात हुन नदिन र अरु लाखौँको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरिकाले देश छोडेको स्पष्ट पारेका छन्।

स्रोतका अनुसार अव तालिबान लडाकूहरुकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । तालिवान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन् । उनीहरुले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ ।
२०७८ साउन ३२ गते प्रकाशित


इजरायली सेनाले गर्‍यो हिजबुल्लाहको २ सय ५० मिटर लामो सुरुङ नष्ट

इजरायली सेनाले गर्‍यो हिजबुल्लाहको २ सय ५० मिटर लामो सुरुङ नष्ट

वि.सं.२०८१ असोज २० आइतवार १३:३२

काठमाडौं ।  हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ । यसैबिच इजरायली...

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

आइएमएफद्वारा पाकिस्तानका लागि ७ अर्ब ऋण स्वीकृत

वि.सं.२०८१ असोज १० बिहीवार १५:०७

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले पाकिस्तानको कमजोर अर्थतन्त्रलाई राहत...

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

वि.सं.२०८१ असोज ९ बुधवार १३:५२

काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग...

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

वि.सं.२०८१ असोज ८ मंगलवार १२:५४

काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका...

इजरायली आक्रमणमा ३५ बालबालिकासहित ४९२ को मृत्यु

इजरायली आक्रमणमा ३५ बालबालिकासहित ४९२ को मृत्यु

वि.सं.२०८१ असोज ८ मंगलवार १२:४४

काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...