back

सांग्रिला बैंकको नाफा ४१ करोड, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७७–७८ चौथो त्रैमाससम्म ४१ करोड बढी खूद नाफामा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म १९ करोड १० लाख रुपैयाँमा खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको समिक्षा अवधिमा ४१ करोड ६९ लाख रुपैयाँ कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा ११८.१८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यही अवधिसम्म २६ करोड ७७ लाख रहेको संचालन मुनाफामा समेत उत्साहजनक वृद्धि भई ५६ करोड १ लाख पुगेको छ।

कोभिड कहरमै पनि व्यवसाय वृद्धि भएका कारण खूद ब्याज आम्दानी समेत बढेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष १ अर्ब १९ करोड ७९ लाख पुगेको हो।

बैंकको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब ७३ करोड चूक्तापुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा २८ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सांग्रीला बैंकले ४२ अर्ब ८४ करोड बढी निक्षेप संकलन गरी ३६ अर्ब २३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ४६.४८ र ५१.८४ प्रतिशतको बढोत्तरी भएको हो ।

अघिल्लो वर्ष १५ करोड ३४ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३० करोड ४६ लाखको उचाईमा पुगेको छ भने ५४ करोड ५९ लाखमा सीमित रिजर्बको आकार बढेर ६७ करोड ५२ लाख पुगेको छ ।

बैंकले नाफामा उल्लेख्य प्रगति गरेसँगै प्रतिसेयर आम्दानी९इपीएस० समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ७।३३ रुपैयाँ मात्र रहेको इपीएस बढेर यो वर्ष १५.२३ रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.४० प्रतिशत, कस्ट अफ फण्ड ५.९६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत रहेको छ । असार मसान्तको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.८३ गुणा र क्यापिटल एडेक्वेसी रेसियो ११.८६ प्रतिशत रहेको छ।
२०७८ साउन ३१ गते प्रकाशित


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर...

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

बैंकिङ्ग निक्षेप स्थिर, कर्जा प्रवाहमा वृद्धि

वि.सं.२०८२ जेठ १८ आइतवार १५:२९

काठमाडौं । पछिल्लो समय बैंकिङ्ग निक्षेप स्थिर रहेको छ ।...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...