back

कुमारी बैंकको नाफा ७२.७३ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार बैंकको अधिकांश वित्तीय सूचकमा राम्रो उपलब्धि भएको देखिएको छ ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ७२.७३ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको पनि समीक्षा अवधिमा बढेर २ अर्ब ११ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ६९.१६ प्रतिशतले बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड रुपैयाँ बढी रहेको छ।

समीक्षा अवधिसम्म बैंकले ५ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४६.५६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।

यस अवधिसम्म बैंकले १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ३६.०४ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म रिजर्भमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा दर २२.३० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको खराब कर्जाको दर समीक्षा अवधिमा घटेर १.०८ प्रतिशतमा झरेको छ। बैंकको आधार दर ७.९ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १४.४२ रुपैयाँ रहेको छ। पीई रेसियो २५.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३६.८९ रुपैयाँ रहेको छ।

२०७८ साउन २८ गते प्रकाशित


नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

७ महिनामा वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब नाघ्यो, कुन बैंकले कति कमाए?

वि.सं.२०८१ फागुन २६ सोमवार १२:२६

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा...

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको भब्य स्वागत: समर्थकले लगाए चर्का नारा

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको भब्य स्वागत: समर्थकले लगाए चर्का नारा

वि.सं.२०८१ फागुन २५ आइतवार १७:५०

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ उत्रिदा समर्थकहरुले नाराबाजी गर्दै स्वागत...

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति?

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति?

वि.सं.२०८१ फागुन २५ आइतवार १०:५८

काठमाडौं। नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...