back

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौँ । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।

थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।
पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ ।
भारतमा कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ । हिजो मङ्गलबार एकै दिनमा १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको थियो ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५१ करोड ९० लाख डोज खोप लगाइएको छ ।
२०७८ साउन २७ गते प्रकाशित


ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

अव सरकारी फाइल ‘ट्रयाकिङ सिस्टम’आउँदै, सरकारी कर्मचारीले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति अन्त्य

वि.सं.२०८१ कात्तिक ५ सोमवार १७:२३

काठमाडौं । सरकारले सरकारी फाइलहरुको ‘ट्रयाकिङ सिस्टम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद...

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

२०७३ मा ९ अर्ब घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा, यी हुन् कुलमानले गरेका मुख्य काम (यस्ता छन् उपलब्धि)

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:३८

काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे...

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

बैंकहरुको वित्तीय विवरण सार्वजनिक: कुन बैंकको नाफा कति बढ्यो?, कति घट्यो?, कस्तो छ वित्तीय प्रगति ?

वि.सं.२०८१ साउन २१ सोमवार १२:५०

काठमाडौं । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक...

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

अब पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

वि.सं.२०८१ साउन १७ बिहीवार १४:२५

काठमाडौँ । सरकारले निवृत्तभरण (पेन्सन)का राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी...

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

एमसीए–नेपालद्वारा भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माणका लागि सम्झौता

वि.सं.२०८१ साउन १७ बिहीवार १०:११

काठमाडौ । एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली...