कुलमानले बुझे प्राधिकरणको ४ वर्षे नियुक्ति पत्र

वि.सं.२०७८ साउन २७ बुधवार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको लागि कुलमान घिसिङले नियुक्ति पत्र बुझेका छन्। घिसिङले आज उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्तिपत्र बुझेका हुन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशककै रूपमा प्राधिकरण फर्किएका हुन्।
दुरूहपूर्ण अवस्थामा पुगेको प्राधिकरणलाई सबल र सक्षम संस्थाका रुपमा विकास गरेको तथा रुग्ण भएका आयोजनालाई सम्पन्न गरेका कारण घिसिङलाई पुनः नियुक्तिको माग हुँदै आएको थियो ।
२०७८ साउन २७ गते प्रकाशित

प्रकाशित समय : ०८:१७ बजे