back

खोप केन्द्रमै कोरोना संक्रमणको डर

रौतहट । रौतहटमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज सञ्चालन भईरहेको छ । पहिलो डोज खोप लिएको २१ दिनभित्र लगाउनु पर्ने दोस्रो डोज खोप साउन २५ गतेदेखि लगाउन सुरु भएको हो । जिल्लामा प्रथम चरणको खोप अभियान संचालनको लागि चन्द्रपुर,गढीमाई कटहरिया नगरपालिका अन्र्तगत ६ वटा खोप केन्द्र, गुजरा,बृन्दावन ,फतुवा बिजयपुर ,देवाही गोनाही नगरपालिका अन्र्तगत ५ वटा खोप केन्द्र गरुडा नगरपालिकामा ९ वटा खोप केन्द्र र मौलापुर नगरपालिकामा ४ वटा खोप केन्द्रबाट सर्बसाधारणलाई खोप लगाउन व्यावस्था गरिएको छ । यी सवै खोप केन्द्रमा साउन २५ गते देखी २७ गते सम्म खोप लगाईने व्यवस्था रहेको छ ।

रौतहटका खोप केन्द्रहरु व्यवस्थित नहुदाँ समस्या देखिएको छ । एका तिर खोप लगाउन आउनेको संख्या अत्यधिक रहेको छ भने अर्को तर्फ खोप लगाउन आउनेले सामाजिक दुरी कायम नगर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगर्ने कारणले कोरोना संक्रमण फैलन सक्ने जोखिम उत्ति नै बढेको छ । जिल्लामा अत्याधिक गर्मीका कारण रुघाखोकी, ज्वरोका बिरामी पनि बढ्न थालेका छन् । भिडमा लाइन लाग्दा कोही संक्रमित भएको भए सर्छ कि भन्ने डरले खोप लगाउन जान नसकेकोे चन्द्रपुर नगरपालिका ८ कि सिता सापकोटाले बताईन । भौतिक दूरी कायम गर्छु भन्दा पनि नसकिने भिड बढी भएको उनि बताउछिन ।

जिल्लामा कोरोना विरुद्धकोे दोस्रो डोज अन्तर्गत १४,४०० भाइल भेरोसेल खोप आएको र सबै खोप केन्द्रमा लगाउने काम भईरहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दिपेन्द्र कुमार रायले बताए । रौतहटमा हाल ५२ जनामा कोरोना सक्रिय संक्रमित रहेका छन भने १२९९ जना संक्रमित भई निको भएका छन । कोरोना संक्रमणका रौतहटका १ सय १८ जनाले ज्यान गुमाएका छन । जिल्लामा पछिल्लो समय मृत्युदर घटे पनि परीक्षण गरिएकोमा संक्रमण दर घटेको छैन ।
२०७८ साउन २७ गते प्रकाशित


६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...