back

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने पारस खड्काको घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन्। उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि बताएका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरे ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताउनुभयो । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति रहेको बताए ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उतले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए। उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरे।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल भएका थिए। खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

२०७८ साउन १९ गते प्रकाशित


जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

वि.सं.२०८१ चैत १७ आइतवार १४:३१

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी...