back

अर्थमन्त्रालयबाट विदाई भए सचिव ढुंगाना

काठमाडौँ । अर्थसचिवका रूपमा करिब २ वर्ष जिम्मेवारी समालेका शिशिरकुमार ढुंगाना अर्थमन्त्रालयबाट आज बिदा भएका छन् । ढुंगाना प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएसँगै उनी मन्त्रालयबाट विदाई भएका हुन् । महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएपछि छ ।

आफ्नो करिअरका अधिकांश समय अर्थमन्त्रालय विताएका ढुंगाना भन्सार विभागको महानिर्देशक हुँदै राजस्व सचिवको रुपमा समेत काम गरिसकेका छन् । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको समयमा राजस्व सचिव रहेका उनी २ वर्ष अवधि पूरा भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएका थिए ।
खतिवडाकै पालाका अर्थसचिव रहेका डा. राजन खनाल अवकाश भएपछि ढुंगाना पुनः अर्थसचिव भएर अर्थमन्त्रालयमा आएका थिए ।

डा.युवराज खतिवडा र विष्णुप्रसाद पौडेलको कार्यकालमा उनले अर्थसचिवको रूपमा २ वटा र राजस्व सचिवको रूपमा १ बजेट निर्माणमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

२०७८ साउन १८ गते प्रकाशित


डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

वि.सं.२०८१ चैत १७ आइतवार १४:३१

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी...

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

राष्ट्रबैंकको गभर्नर पनि बिचौलियाले फुत्काउने खेल सुरु

राष्ट्रबैंकको गभर्नर पनि बिचौलियाले फुत्काउने खेल सुरु

वि.सं.२०८१ चैत १६ शनिवार १८:५७

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिको दिन नजिकिँदै गर्दा...