back

इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको इजरायलको दाबी

काठमाडौँ । इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् ।

उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका हुन् । उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुनसक्ने वक्तव्य दिएका छन् ।

बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानूनकोविपरीत रहेको पनि बताएका छन् ।
यता इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिँदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ ।

तेहरानले यसलाई आधारहीन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरुपमा एक किसिमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् ।

गएको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौँ पानीजहाजमा आक्रमण भएको देखिएको छ ।

पछिल्लो पटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्याङ्करमा गत बिहीबार आक्रमण भएको थियो । ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो ।

त्यस आक्रमणमा परेर दुई जनाको ज्यान पनि गएको थियो । ज्यान जानेमा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक रहेका छन् । त्यस हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

२०७८ साउन १८ गते प्रकाशित


क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत

क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:४५

आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको...

ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

ट्रम्प नीतिको प्रभाव: अमेरिका घुम्न जानेहरुको संख्यामा उल्लेख्य गिरावट

वि.सं.२०८२ वैशाख ८ सोमवार १२:१३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिका कारण विदेशी आगन्तुकहरूले संयुक्त राज्य...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

वि.सं.२०८२ वैशाख ७ आइतवार १३:२५

अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई...

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जय कुमार ठाकुर

वि.सं.२०८१ चैत २८ बिहीवार १५:५६

हिजोआज हाम्रा अस्पतालहरुमा बिरामी भर्ना दर हेर्ने हो भने उच्च...

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

राष्ट्र बैंकले जारी गर्यो सहकारी संस्थाका लागि निर्देशिका, १० लाखभन्दा बढी रकम जम्मा गर्दा स्रोत खुलाउनु पर्ने

वि.सं.२०८१ चैत २२ शुक्रवार ११:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने...