back

ट्युनिसियाका राष्ट्रपतिले गरे प्रधानमन्त्री बखास्त, संसद पनि निलम्बन

काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले संसद निलम्बन गर्नुका साथै प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका छन् ।

राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेका हुन् ।

आइतबार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति यस्तो कदम चालेपछि ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिईएको थियो । त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् ।

उनले अकस्मात चालको सोही कदमको घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

त्यसैगरी यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।आइतबार मात्र यत्यका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए ।

उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।

२०७८ साउन ११ गते प्रकाशित


सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड

वि.सं.२०८१ मंसिर २० बिहीवार १२:२३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ...

लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

वि.सं.२०८१ मंसिर २० बिहीवार ११:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ...

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १३:५५

काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्टएवं रोड...

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी ८ सहमतिपत्रमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १८ मंगलवार ११:४३

काठमाडौं । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवद्धन, प्राविधिक...

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

ट्रम्पद्वारा पहिलो महत्त्वपूर्ण नियुक्ति, ‘चीफ अफ स्टाफ’मा सुजी वाइल्स

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १७:४४

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट...

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

ब्याजदर इतिहासकै कमजोर, व्याजदर घट्दा समग्र अर्थतन्त्रमा कस्तो असर पर्छ ?

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १०:५५

काठमाडौं । वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ ।...