back
skip this gaugauma singhadarbar

तीन महिनादेखि रोकिएको फेवातालको डुङ्गा पुनः सञ्चालन

काठमाडौँ । पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।

निषेधाज्ञाका कारण घरमै बसेका उहाँहरुमा पुनःव्यवसाय शुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । उनले भने, “यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।”

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

फेवातलामा नौ वर्षदेखि डुङ्गा चलाउदै आउनुभएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय शुरु भएपछि उत्साहित भएको बताए ।

कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाइएको उनले जानकारी दिए । “कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ”, परियारले भने, “यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी अहिले नभए पनि व्यवसाय सञ्चालन हुँदा खुशी लागेको छ ।”

अर्का डुङ्गा चालक बाबुराम पुरीले निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताए। पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फर्किने विश्वास गरिएको छ । सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जनाउँदै उनले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताए ।

२०७८ साउन ६ गते प्रकाशित

gaugauma singhadarbar

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने

लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै, २५ अर्बपतिसहितका प्रतिनिधिहरु आउने

वि.सं.२०८२ मंसिर १६ मंगलवार १७:३८

काठमाडौं । बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४ गतेदेखि २६...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

वि.सं.२०८२ मंसिर १६ मंगलवार ०९:४४

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको...

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार

वि.सं.२०८२ मंसिर १५ सोमवार १८:०४

काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार...

चित्लाङबाट देखिएको साँझको दृष्य (तस्विरहरू)

चित्लाङबाट देखिएको साँझको दृष्य (तस्विरहरू)

वि.सं.२०८२ मंसिर १५ सोमवार ०९:२७

चित्लाङ सुन्दर क्षेत्र हो, जहाँ प्राकृतिक सौन्दर्य, हिमाल र डाँडाकाडा...

पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरहरु)

पोखराको डेभिस फल्स – पातले छाँगो (तस्विरहरु)

वि.सं.२०८२ असोज २२ बुधवार ०९:५६

कास्की जिल्लाको सुन्दर सहर पोखरामा अवस्थित डेभिस फल्स जमीनको सतहभन्दा...

पर्यटन मन्त्रालयका लागि चार व्यक्तिको नाम चर्चामा

पर्यटन मन्त्रालयका लागि चार व्यक्तिको नाम चर्चामा

वि.सं.२०८२ भदौ ३१ मंगलवार १४:१६

काठमाडौँ । जेन–जी आन्दोलनको प्रभावपछि देशले पहिलो पटक महिला प्रधानमन्त्रीको...