back
skip this gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकको नाफा ७१.०२ प्रतिशत ले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा  ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ ।

आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७१.०२ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा बैंकले ४२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ। यो हिसाब बैंकले १६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा ६७.७९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ६० करोड ९९ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म बैंकको रिजर्भको आकार पनि ११.१४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।

बैंकको निष्क्रिय कर्जा पनि २.८० प्रतिशतबाट बढेर ३.३२ प्रतिशत पुगेको छ। आधार दर भने ९.९५ प्रतिशतबाट घटेर ७.२८ प्रतिशतमा सीमित बनेको छ।

चुक्तापुँजी ३ अर्ब ३४ करोड रुपैयाँ रहेको बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २१.९३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म ईपीएस १३.९५ रुपैयाँ रहेको थियो। पीई रेसियो २०.२९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.७५ रुपैयाँ रहेको छ।

२०७८ साउन ६ गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै २ अर्ब नाफा, कुनको कति ?

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै २ अर्ब नाफा, कुनको कति ?

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:३५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को...

नबिल बैंकको नयाँ हाउजिङ लोन योजना सार्वजनिक, ६.३३% ब्याजदर र ३५ वर्षसम्म कर्जा सुविधा

नबिल बैंकको नयाँ हाउजिङ लोन योजना सार्वजनिक, ६.३३% ब्याजदर र ३५ वर्षसम्म कर्जा सुविधा

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:१०

काठमाडौं । नबिल बैंकले घर निर्माण तथा खरिद गर्न चाहने...

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य

सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी वर्ल्ड पीस फोरम बीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य

वि.सं.२०८२ कात्तिक ३० आइतवार १८:०२

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो दीर्घकालीन...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८२ कात्तिक ३० आइतवार ११:२४

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ...

१० वाणिज्य बैंकहरुले घटाए ब्याजदर, मंसिर महिनामा कुन बैंककाे ब्याजदर कति?

१० वाणिज्य बैंकहरुले घटाए ब्याजदर, मंसिर महिनामा कुन बैंककाे ब्याजदर कति?

वि.सं.२०८२ कात्तिक ३० आइतवार ११:१०

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदरको सूचना...

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा विशेष छ्ट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई होटल क्राउन इम्पेरियलमा विशेष छ्ट

वि.सं.२०८२ कात्तिक २७ बिहीवार १६:०६

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुले होटल क्राउन...