back

मैलुङ खोलाले अर्काे बिहीबारदेखि ७ करोड बढीको आईपिओ निष्काशन गर्ने

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले अर्काे बिहीबार (साउन१४ गते) देखि आईपिओ निष्काशन गर्न लागेको छ । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार १४ हजार ७ सय २६ कित्ता कर्मचारीका लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयरमा लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यस निष्काशनमा साउन १८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि सिद्धार्थ क्यप्तिअल बिक्रि प्रबन्धक रहेको छ ।

आवेदन दिएको ४ वर्षपछि कम्पनीले आईपिओ निष्काशनको लागि गत असार २३ गते अनुमति पाएको हो । कम्पनीले शेयर निष्काशनको अनुमति माग्दै २०७४ साल असोजमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ आयोजना संचालन गर्दै आईरहेको कम्पनीले २०७१ असारदेखि नै आयोजनाले विद्युत बिक्रि गरिरहेको छ । भूकम्पको कारण आयोजनामा क्षति पुगेर बीचमा उत्पादन रोकिएकोमा २०७३ भदौबाट फेरी उत्पादन गरिरहेको छ ।

आयोजनाको कुल लागत ९० करोड २९ लाख ३५ हजार र प्रति मेगावाट लागत १८ करोड ५ लाख ८७ हजार रहेको छ ।

२०७८ साउन ६ गते प्रकाशित


माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

विन नेपाल लघुवित्तले चैत २१ देखि एफपीओ निष्काशन गर्ने

विन नेपाल लघुवित्तले चैत २१ देखि एफपीओ निष्काशन गर्ने

वि.सं.२०८१ चैत १३ बुधवार १०:१८

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि...

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

कुलमानको वर्खास्तविरुद्ध प्रदर्शन, सरकार फाल्ने उदघोष

वि.सं.२०८१ चैत १२ मंगलवार १५:३१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने...

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट : १ लाख ४७ हजारले पाए शेयर

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट : १ लाख ४७ हजारले पाए शेयर

वि.सं.२०८१ चैत १२ मंगलवार १०:३६

काठमाडौ। ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले फागुन...