back

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा

काठमाडौँ । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। आफ्ना ग्राहकलाई समयसापेक्ष सेवासुविधाहरु दिँदै आएको यस बैंकले कार्डलेस भुक्तानी सेवा सुचारु गरेको छ । सेवा अन्तर्गत रहेर अब ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ)  प्रयोग गरी Cardless Withdrawal Option  मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ। त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ।

सनराइज बैंकको एटीएममा गई Cardless Withdrawal Option रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन्। यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ।

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अवस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ। सनराइज बैंकले यसअघि पनि मिस्ड कलबाट बत्तीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ। यो सुविधा ग्राहकले बैंकको देशभरि रहेको १६१ वटा एटीएममार्फत लिन सक्नेछन्।

२०७८ साउन ६ गते प्रकाशित


नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:२६

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

स्थानीय तह कर्मचारी संघ मधेश प्रदेशको अध्यक्षमा राय, सर्लाही अध्यक्षमा पनि राय नै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १०:२०

काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपाल मधेश प्रदेशको दोस्रो...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो : प्रतिशेयर आम्दानी घटयो

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:२४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:०७

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।...

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

सामान्य बढ्यो प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा: प्रतिशेयर आम्दानी भने घट्यो

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ११:४७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...