सेयर खरिदबिक्री गर्न उस्काउनेलाई १ वर्षसम्म जेल हुने

वि.सं.२०७८ साउन ६ बुधवार

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल विशेषगरि क्लब हाउसमा कम्पनी तोकेर खरिद बिक्रिका लागि उस्काउने गरेको पाईएपछि नेपाल धितोपत्र बोर्डले यसप्रति चाँसो देखाएको छ । बोर्डले यसरी कम्पनी तोकेर अनावस्यक प्रचार गर्नेलाई १ वर्ष सम्मको जेल सजाय हुने जनाएको हो । बोर्डका सहप्रवक्ता रुपेश केसीले सेबोनले लगानीकर्तालाई प्रभावित गर्ने कुनै पनि किसिमको कार्य नगर्न भनी विज्ञप्ति निकाल्दै आएको बताउँदै त्यस्तो गतिविधि बारे अनुसन्धान गरीरहेको बताए । ‘कुनै पनि लगानीकर्तालाई प्रभावित गरेर सेयर किन बेच गरेमा धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार कारबाही हुन्छ।’ उनले भने ।
उक्त ऐनमा कुनै पनि लगानीकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र किन्न वा बेच्न प्रभाव पार्नुका साथै कम्पनीको मूल्य घटाउने÷बढाउने कार्य गरेमा ५० हजारदेखि रु। १ लाख ५० हजारसम्म जरिवाना हुन्छ। यसका साथै १ वर्षसम्म कैद पनि हुने उल्लेखित छ। त्यस्तो कारोबारले कसैलाई हानी–नोक्सानी गरेमा भर्पाइ पनि दिनुपर्ने हुन सक्छ।
पछिल्ला केही दिनमा क्लब हाउस, फेसबुक, भाईबरजस्ता सामाजिक सञ्जालमा खुलेआमा कम्पनी तोकेर प्रचारप्रसार गरेको पाईएको छ । यसरी प्रचार गर्ने कतिपय लगानीकर्ताले आफुले किनेपछि बजारमा प्रचार गर्ने गरेको समेत खुल्लामखुल्ला बताउने समेत गरेको पाईएको छ ।
क्लब हाउनसमा छलफलको क्रममा एक लगानीकर्ताले हिजो मात्रै आफुले क्लबहाउसमै सुनेर कम्पनी किनेपछि आफु अहिले घाटामा परेको र लाखौँ घाटा खाएर बेच्न नसकिने भन्दै विज्ञापनमा लागेको बताए ।
यद्यपी क्लबहाउस लगायतका सामाजिक सञ्जालमा अवास्तविक छलफलर प्रचारमात्रै हुन्छ भन्ने पनि हैन । कतिपय ग्रुपमा भने कम्पनी विश्लेषण कसरी गर्ने र कसरी किन्ने भनेर समग्र पद्धतीको बारेमा बजारमा कुनै प्रभाव नपर्ने गरी नै छलफल गरिरहेका हुन्छन् ।
२०७८ साउन ६ गते प्रकाशित

प्रकाशित समय : ०५:४३ बजे